परिवर्तन
परिवर्तनका लागि कत्ति धेरै
नारा, जुलुस, विद्रोह, प्रदर्शन भए
इतिहासमा, र हुनेछन् अझै भविष्यमा
कुनै न कुनै पद्धतिका विरूद्धमा ।
तर के तिमीलीई थाहा छ?
परिवर्तनको प्रारम्भ त
एउटा व्यक्तिबाट नै हुन्छ ।
यस्तै सोचमा मैले पनि
आफूलाई बदल्न सुरु गरे ।
म मा हुने बदलाव कुनै राजनिती,
कुनै सामाजिक विचारमा केन्द्रित थिएन ।
यो त प्रेममा आफूलाई सिद्ध
गर्नको निमित्त थियो।
आफ्नो अस्तित्व आफूले मात्रै
स्विकृत गरे पुग्छ भन्ने कटु सत्य
बाट अनविज्ञ म, आफूलाई परिमार्जन
गर्न मै लागि परे , आवश्यक हो त
तिमीले पनि त कसरत गर्नु पर्ने हो नि
हामी एकअर्काको मिलनका हेतु ।
राष्ट्रियताको लागि परिवर्तन
भनेको,
स्वार्थि भएर माया पिरतिमा
पो डुबिएछ !
तर प्रेम त राष्ट्र सॅगै गरेको हो नि !
राष्ट्र ले त के बुझ्थ्यो होला यस्ता कुरा ?
राष्ट्र चलाउनेले बुझिदिए त धेरै काफि
हुने थियो।
तर तिमीले पनि बुझ्नु आवश्यक छ ।
Comments
Post a Comment