Posts

Showing posts from August, 2017

के हो के हो

सुनसान रात, निस्पठ्ठ अँध्यारो, टहटह जुँन खुला झ्याल, बन्द ढोका, अचल भित्ताहरु हावाको त प्रवाह छ कोठा भित्र खुला झ्यालबाट श्वास चाँही कैद छ फुत्कन सक्दैन आत्माको पिंजडाबाट झ्यऊँकिरी र भ्यागुताका ट्वार्रट्वार्रले रातमा संगीत भर्दैछ तिम्रो अमृत वाणीको स्पर्श नपाउदा मुटु धड्किन छोड़दैछ बादलका ठक्करले सुनसान रातमा वर्षातको गुनगान थप्छ वियोगमा मरेको मलाई तिम्रो सम्झनाले जीवनदान दिन्छ अन्ध्न्यारोलाई जुनले उज्ज्यालो दियो तिम्रो नजरले मलाई बेहोसी पागल बनायो कैयौं अँध्यारा दिन कैयौं उज्ज्याला रात लठ्ठ थिए .......................................