Posts

Showing posts from August, 2024

वार्तालाप ( अतितको कल्पनाबाट साभार)

Image
  हजुरआमा :  बतासले उडाउला है कान्छा सम्हालिएर आउनु त्यो डाॅडाको बाटो धेरै नै असजिलो छ  छाता लैजा लैजा भन्दा मानिनस् दिउॅसो घाम चरक्क चर्क्यो भने कतै छहारीमा बस्नु लखर लखर घाममा सेकिने होइन नि असारे झरिको बेला, पानि पर्यो भने  कतै ओत लागेर बस्नु, घर आउन हतार नगर्नु अनि त्यो जङ्गलको बाटो राति राति नआउनु त भर्खरको कलिलो मान्छे, फेरी बाघ, ब्वाॅसाका मिस्ठान्न भोजन बन्लास, ख्याल गरे है नाति: ए आमा मेरो सामान मिलाइ दिनु भयो त? मलाई हतार भै सक्यो।  गाडि छुट्छ फेरी।  हजुरआमा: ( आफै एकनाशले बोल्दै) बरु त्यतै काइते काकाको घरमा  गार्हो सार्हो जे भए पनि  त्यतै बस्नु आज एक रात भोलि बिहान सबेरै फर्किनु । नाति: ए आमा म त सहर पो जान लागेको त कसरी भोलि नै फर्किनु त के के भन्छिन् यि बुढि पनि हजुरआमा: म पनि कस्ति लाटि, यो मोरा त सहर पो जादै छ त क्यारे ! अब कहिले आउॅछ कुन्नि , बिदा त एकै चोटि दशैमा हुन्छ रे । नाति: त्यस्तै होला अब , खै ? हजुरआमा: राम्रो सङ्ग मन लगाएर पढेस् साथि भाइ भनेर यता उता नबरालिएस्, कुलतमा नलागेस् नाति: केके भन्छिन् के के यिनि पनि मलाई थाहा ...