Posts

Showing posts from April, 2015

धुम्रपान

अचम्म ! कस्तो लत लाग्यो मानिसलाई यो जति ताने पनि कहिल्यै नभन्ने , पुग्यो, भो! कति रमाइलो लाग्दो हो धुवासंग खेल्न चुरोटको ठुटो सक्केझै जीवन सक्याउन नपढेका त बुझ्दैनन् बानी पर्यो तान्छन पढेका त बुझछन नि किन सेवन गर्छन धुम्रपानले स्वास्थ्यमा दिगो नराम्रो असर पर्छ आफुले कमाएको धनको फगत खर्च हुन्छ घरपरिवार अनि छोराछोरीलाई टेन्सन खै यिनले यी कुरालाई गरेका मेन्सन मात्र आफ्नो छेणिक तल्तल मेटाउछन टेन्सन परेर खाको भनि बहाना बनाउछन आजकल त ससाना भुराले पनि थाले चुरोट सेवन अब त फेसन नै भा रे कलेज नजिक क्याफेका वायुमण्डल धुवामय क्लास खाली, विध्यार्थी त्यहि क्याफेमै भए यी देशका भविस्यबारे देखिएन कसैका चिन्ता अभिभावक अनि गुरुजनका चाहियो सक्रियेता हुन त यी नै खुल्लम खुल्ला धुम्रपान गर्छन कुन नैतिकताले भुरालाई सुलतमा लाग भन्छन अब येसरी हुदैन, सबैले , धुम्रपान परित्याग गरौ स्वस्थ बानि बसालेर आफ्नो आयु दिर्घ बनावौ

नयाँ बर्ष

दिन उस्तै छ  सधै झैँ  , फरक के छ वार्षिक गणित बढ्दै छ , रित येस्तै छ  वर्तमानको भाका सर्छ ,अनि भूत लम्बिदै छ अतः अनिश्चित भविष्य ,त्येसैले अज्ञात छ बिर्सिन्छौ हिजोलाई ,अनि आज आफैमा पलायन छ चिन्ता छ मात्र भोलिको, त्येसैले सबैमा भय मात्र  छ फरक पर्दैन केहि  , नया दिन होस् या नया वर्ष चिन्तित छौ सधै , छैन हामीमा वास्तविक हर्ष