मदिरा मदिरा मदिरा अमृत हो, औषधि हो मष्तिष्कबाट फरार हुन नपाएको तिम्रो याद भुलाउने ओखति हो मदिरा प्रित हो, जीवनदाता हो हृदयमा तिम्रो प्रेम सजाउन नपाएको दोसी मेरो भाग्य सपार्ने विधाता हो मदिरा तिम्रो प्रेमको प्रतिमूर्ति हो जसरी तिम्रो प्रेमले मोहित बनाउथ्यो त्यसरी नै म सॅग प्रेमिल साइनो गास्ने, मदिरा मेरो नवप्रेमिका हो मदिराको नशा तिम्रो नशालु नयन भन्दा त कम घातक छ तर पनि गाजलु तिम्रो हेराइले मेरो मुटुमा हानेको प्रेमको तिर छल्न मदिरा मेरो लागि अर्जुनअस्त्र हो भगवानको मन्दिरमा मदिरा अर्पण गर्न मिल्दैन तर प्रेमको मन्दिरमा यो जति अर्पण गरे नि फरक पर्दैन त्यसैले त मेरो लागि मदिरा अचेल चोखो प्रसाद हो मदिरा विष नै होला, मेरो आयु चितामा पुर्याउने चिज नै होला तर हेर प्रिय, मेरो मन,मष्तिष्क, हृदय सबै बाट तिम्रो झुटो,अपुरो प्रेम भुलाए जस्तो गर्न मेरो लागि मदिरा उत्तम फिज हो मदिरा अमृत हो, औषधि हो तिम्रो साथको साथ नपाएको मेरो अधुरो प्रेमको ओखति हो ||