Posts

Showing posts from August, 2018

हराएको पात्र

हराएको पात्र म हराएको पात्रको खोजि गर्दै छु उ हराएको सूचना मैले पत्र पत्रिका मा छपाई सके टी.भी., रेडियो बाट प्रसारण गराई सके भएभरको सामाजिक संजाल सबैमा विज्ञप्ति दिई सके हरेक गल्लि अनि सडकका भित्तामा उसको तस्बिरको पोस्टर टासी सके हराएको पात्र पनि गजब को छ उ सबैको नजरबाट छिनमै अदृस्य भै दिन्छ केवल सूर्यका किरणले उसलाई देख्न सक्छ कसैले उसको बारेमा चर्चा गरे ती शब्द हावाले मात्रै सुन्न सक्छ कसैले उसको स्पर्श चाहे केवल बर्सात संगै खसेका पानीका थोपाले उसको स्पर्श लिन सक्छ कुन समय थियो त्यो रात हो कि  दिन उषाकाल हो कि सन्ध्या बेला मध्यान्ह हो कि मध्यरात औंशी को रात थियो कि पूर्णिमा तर त्यो समय,  खबर आएको थियो हराएको पात्र को खबर कता बाट आयो,  को बाट आयो अत्तोपत्तो छैन खबर मात्र हावा ले सुन्येथ्यो हावाले हराएको पात्रको खबर वृक्षका अवयवका फर्फराई संगै बादलका प्रत्येक चाल संगै सर्वव्यापी रुपमा  प्रवाह गरिरहन्थ्यो तर साहेद हराएको पात्र अन्तरिक्षतिर गयो होला त्येसैले  त हावा धर्तीमै सिमित छ अनि त्यो खबरको ज्ञात पश्चात  हराएको प...