कुरा गरौ न❤ कुरा गरौ न केही मिठा, केही तिता तर छिटो गरौ, समयको कमि छ यहा हासौ न आनन्दले केही क्षण, केही बेर तर बिस्तारै हासौ, दुखले नजाओस खेर कुरा गरौ न केही दुखका, केही सुखका तर सोचेर मात्र गरौ, नौटङ्कि नहोस हाम्रो कथा माया गरौ न हामी सङ्गै रहुन्जेल धित मारेर तर सपनामा मात्र गरौ, विपनामा त जान्छौ नि छाडेर कुरा गरौ न केही अतितका, केही हितका तर थोरै गरौ, धेरै त सबै बेहाल छ नियतमा कल्पनाको संसार घुमौ न केही वर, केही पर तर छिटो फर्कौ है, जिवन जिउन ढिला हुन्छ नत्र।। बिराट कडेल🩺
Posts
Showing posts from October, 2020
न्याय चाहिएको छ
- Get link
- X
- Other Apps
लोभको लालसा मा हराएको छ सिङ्गो सरकार धनको भोक मा रित्तिएको छ देशको भन्सार सबै शून्य छ, सबै शून्य भैसक्यो, अझै पुगेको छैन है तिमीलाई क्रान्तिको नाममा जलिरहेको छ कैयौ घरबार महल मा छौ तिमी चम्केका छौ सुनको ताजमा माहोल मा छौ हामी बलेका छौ दुखको तापमा चिन्ता नगरे पनि केवल चिन्तन त गर न बुझ्यौ होला नि अन्तर बिहान र साझको घाममा गिद्धहरू खुला छन् यहा नारीका लाज लुट्न पागलहरू सध्य छन् यहा जातको नाममा प्राण चुड्न न्याय साच्चै ल्याएका हौ त तिमिले यो राज्यमा त्यसो हो त, किन के.सी. पेट मारेर सुत्दैछन् संसार छाड्न राष्ट्रनिर्माणका लागि सङ्घर्ष गर्यौ रे कत्ति धेरै तिमीले जीवन लाई दाउमा राखि मृत्यु रोज्यौ रे तिमिले तिम्रो सब कर्म व्यर्थ भयो, आखा बन्द गरि हेर त कुन सपना पुरा भयो त न्यायको लागि देखेको तिमीले हजार दोस भन्दा सचेत होस चाहिएको छ उखान टुक्का भन्दा विकसित ठेक्का चाहिएको छ रेल त ल्यायौ, जहाज पनि ल्याउछौ होला तर यहा, फोहोरी नितिको खेल भन्दा न्यायको भेल चाहिएको छ।।