Posts

Showing posts from November, 2020

समयपूर्वि नवशिशु

Image
  मातृस्नेह त भव्य थियो सङ्घर्ष पनि उस्तै नै थियो सङ्घर्ष त मुक्तिको लागि नै थियो तर अपशोच! आमाको गर्भ बाट आमाको काखमा पुग्ने मेरो सङ्घर्ष अस्पतालको शैयाको वास नै बन्यो मेरो प्रथम रङ्गमञ्च हे! मेरी प्यारी आमा हे! मेरी जन्मदाता म तिम्रो गर्भको ऋण तिर्न सक्छु, सक्दिन मलाई पटक्कै ज्ञात छैन मलाई त तिम्रो आकृति को पनि अन्दाज छैन खै! कसरी याद गर्छु होला कहिल्यै नदेखेको हजुरको ममतापूर्ण स्वरूप तर मलाई आभास छ हजुरको स्नेहको प्रत्येक श्वाश जुन मलाई जिवन वरदान दिन हरघडि तल्लिन थियो मैले संसार देख्छु, देख्दिन त्यो त भगवान रूपि डाक्टर नै जानुन तर जति समय म हजुर भित्रको ब्रह्माण्ड रूपि संसारमा बसे त्यो नै मेरो लागि अकल्पनिय र अथाह खुशिको सर्वश्व हुनेछ साहेद, तिम्रै गर्भ भित्र हुदो हु त म अहिले बाहिर यसरी हावाको अक्सिजनको लागि छटपटाउनु पर्ने थिएन तिम्रो र मेरो नाताको डोरी, नाभिमा गासिएको रगतको जोडि त्यो पनि किन छुटाइदिए खै, नत्र, म यसरी निशास्सिनु पर्ने थिएन म समय नपुगि जन्मिएको रे मलाई पनि रहर त थिएन यति चाडै आफू हुर्कदै गरेको संसारबाट बाहिर आउन तर...