समयपूर्वि नवशिशु

 


मातृस्नेह त भव्य थियो
सङ्घर्ष पनि उस्तै नै थियो
सङ्घर्ष त मुक्तिको लागि नै थियो
तर अपशोच!
आमाको गर्भ बाट आमाको
काखमा पुग्ने मेरो सङ्घर्ष
अस्पतालको शैयाको वास नै
बन्यो मेरो प्रथम रङ्गमञ्च



हे! मेरी प्यारी आमा
हे! मेरी जन्मदाता
म तिम्रो गर्भको ऋण
तिर्न सक्छु, सक्दिन
मलाई पटक्कै ज्ञात छैन
मलाई त तिम्रो आकृति को
पनि अन्दाज छैन
खै! कसरी याद गर्छु होला
कहिल्यै नदेखेको हजुरको
ममतापूर्ण स्वरूप
तर मलाई आभास छ
हजुरको स्नेहको प्रत्येक श्वाश
जुन मलाई जिवन वरदान दिन
हरघडि तल्लिन थियो
मैले संसार देख्छु, देख्दिन
त्यो त भगवान रूपि
डाक्टर नै जानुन
तर जति समय
म हजुर भित्रको ब्रह्माण्ड रूपि
संसारमा बसे
त्यो नै मेरो लागि अकल्पनिय
र अथाह खुशिको
सर्वश्व हुनेछ



साहेद, तिम्रै गर्भ भित्र
हुदो हु त म
अहिले बाहिर यसरी
हावाको अक्सिजनको लागि
छटपटाउनु पर्ने थिएन
तिम्रो र मेरो नाताको डोरी,
नाभिमा गासिएको रगतको जोडि
त्यो पनि किन
छुटाइदिए खै,
नत्र, म यसरी
निशास्सिनु पर्ने थिएन


म समय नपुगि जन्मिएको रे
मलाई पनि रहर त थिएन
यति चाडै आफू हुर्कदै गरेको
संसारबाट बाहिर आउन
तर म मेरी आमाको दर्शन
गर्न नपाउदै सहिद बन्छुकि
भन्ने डर भयो, मलाई
भित्र मलाई कता कता अप्ठ्यारो
हुन थाल्यो
म गर्भ भित्र भन्दा
आमाकै काखमा
सुरक्षित हुन्छु जस्तो लाग्यो
तर म सुरक्षित हुन खोज्दा
झन् असुरक्षित भए, आमा


मेरो तौल कम छ रे,
सोचे भन्दा, चाहिएको भन्दा
गणना गरिएको भन्दा
अधिक कम छ रे, मेरो तौल
त्यसैले पनि म हजुरको लागि
भारी भइन होला, आमा


जन्मने पश्चातै तिम्रो काखमा
खेल्ने रहर कति थियो मेरो
तर आफ्नै जिवनको आविष्कार
गर्ने दुश्साहस गर्दै छु अहिले
आफ्नि आमाको साधना गर्ने
रहर हुदा हुदै पनि
म विवश छु 
यि अनेकन यन्त्रका साधक बन्न
म यि कृत्रिम बनावटहरूका साथमा
लाचार छु
जिवनको लागि याचना गर्न


तर म धन्य छु 
मेरा लागि, मेरो जिवित हुनका लागि
म मात्र नभएर,
मेरी आमाको, मेरो बाबाको
नासो, सिङ्गो "म"लाई
यस संसार देखाउन हर् दम
प्रयास गर्दै , सके जतिका
प्रयासहरु प्रयत्न गर्दै
निरन्तर अग्रसर हुनु भएका
ति दैव झै जिवन संरक्षकका
साथ छ मसॅग,


मेरा अङ्ग अङ्गमा
के बिमारी छ भनेर
पत्तालगाउन
जागरुक छन्, आमा,
यि दैवहरू।











कहिले काहि चाहि दिक्क लाग्छ, मलाई ,
घरि यता फर्काउछन्
घरि उता फर्काउछन्
मुख भित्रबाट कुन्नि के
पाइप छिराउछन्
सूर्यको उज्यालो देख्न
नपाएको म,
खुला आकाश हेर्न
आखा उघार्न समेत
नपाएको म,
ति दैवहरू के गर्दा हुन्
खै आमा!
मेरा आखा छोपि दिएर
तातो रङ्गिन उज्यालोको
आकाश मुनि राख्छन्,
के जाच्न हो कुन्नि
घरि घरि पैतालोमा च्वास्स
घोच्छन्
दिक्क लाग्छ,आमा



आमाको समिपमा हुन नपाउदा
रुन मन लाग्छ,
तर मेरो फोक्सो अझै
परिपक्व भइसकेको छैन रे
मेरो प्राण निर्धारण गर्न
मेरो छाति, मेरो फोक्सो
लाएकको भइसकेको छैन रे
त्यसैले त,
घरिघरि
श्वाश फेर्न नै गार्हो भइदिन्छ
अनि त्यै रुन पनि सक्दिन, म, आमा 


तर,
गर्भमै मेरी जन्मदाताको 
चिरञ्जिवि आशिर्वाद 
पाइसकेकाले होला,
म निश्चित छु
आफू आमाको काखमा 
लडिबुडी गर्न जान पाउन,
स्तनपान बाट अमृतरूपि
पोषण जल पिउन,
तापक्रम कम भएको मेरो शरिरले
आमाको न्यानो माया र स्पर्श पाउन,
अनि अझै झन् धेरै मातृस्नेह पाउन
मेरी आमाको कानमा
च्याहा च्याहा को मधुर संगित सुनाउन।
म त 
मेरी आमाको बुढेसकालको 
सहारा बन्नु छ
मेरी आमाको ऑसु पुछ्ने
रुमाल बन्नु छ
म यति चाडै अवसान हुन्न आमा
म त मेरी आमाको खुशीको शान 
बन्नु छ ।।




Comments

Popular posts from this blog

May I Borrow Today for Tomorrow?

वार्तालाप ( अतितको कल्पनाबाट साभार)