वार्तालाप ( अतितको कल्पनाबाट साभार)
हजुरआमा:
बतासले उडाउला है कान्छा
सम्हालिएर आउनु त्यो डाॅडाको बाटो
धेरै नै असजिलो छ
छाता लैजा लैजा भन्दा मानिनस्
दिउॅसो घाम चरक्क चर्क्यो भने
कतै छहारीमा बस्नु
लखर लखर घाममा सेकिने होइन नि
असारे झरिको बेला, पानि पर्यो भने
कतै ओत लागेर बस्नु, घर आउन हतार नगर्नु
अनि त्यो जङ्गलको बाटो राति राति नआउनु
त भर्खरको कलिलो मान्छे, फेरी बाघ, ब्वाॅसाका
मिस्ठान्न भोजन बन्लास, ख्याल गरे है
नाति:
ए आमा मेरो सामान मिलाइ दिनु भयो त?
मलाई हतार भै सक्यो।
गाडि छुट्छ फेरी।
हजुरआमा: ( आफै एकनाशले बोल्दै)
बरु त्यतै काइते काकाको घरमा
गार्हो सार्हो जे भए पनि
त्यतै बस्नु आज एक रात
भोलि बिहान सबेरै फर्किनु ।
नाति:
ए आमा म त सहर पो जान लागेको त
कसरी भोलि नै फर्किनु त
के के भन्छिन् यि बुढि पनि
हजुरआमा:
म पनि कस्ति लाटि, यो मोरा त सहर पो जादै छ त क्यारे !
अब कहिले आउॅछ कुन्नि , बिदा त एकै चोटि दशैमा हुन्छ रे ।
नाति:
त्यस्तै होला अब , खै ?
हजुरआमा:
राम्रो सङ्ग मन लगाएर पढेस्
साथि भाइ भनेर यता उता नबरालिएस्, कुलतमा नलागेस्
नाति:
केके भन्छिन् के के यिनि पनि
मलाई थाहा छ त सबै कुरा
कति कराइ रहेकि हुन् बुढि ?
हजुरआमा:
जति राम्रा कुरा गरे पनि यसले कान लाउने होइन
म कति कराउनु
नयाॅ ठाउमा जादै छस्, तॅ घरिघरि झनक्क रिसाउॅछस्
त्यहाॅ नौला मान्छे सॅग नम्र भएर बोलेस्
जसले जे भने पनि चुप लाग्नु, धेरै जान्ने हुने होइन।।
नाति:
तपाइले यत्रो सिकाएपछि त जान्ने हुनु पर्यो नि त? हा हा
हजुरआमा:
अनि अर्काका चेलिबेटीलाई जथाभावि जिस्काउने होइन नि? थाहापाए भने खुट्टा भाच्छु तेरो ।
हामीले खोजेको केटीसॅग बिहे गर्नुपर्छ। कि त आफैले केही सोचेस् भने कुल खान्दान जात मिलाएस् ।
नाति:
हे प्रभु के के भन्छिन्, भन्छिन् यिनि पनि।
श्लोक पढेर बस्नुस् बरु-
"एक दिन् नारद सत्यलोक् पुगि गया लोकको गरूँ हित भनि।"
जमाना का पुगि सक्यो ? यिनि चै ?
हजुरआमा:
कति सम्झाउनु यो मोरालाई?
अहिले सहर गा छ, अलि पछि विदेशतिर पखेटा लाउने होला?
नाति:
देशमा बसेर पनि क्या गर्नु त। जति रगत पसिना बगाए पनि देश बिगार्ने वरिष्ठ हरूका दुर्गन्धले प्राण नै धरापमा पर्छ।
त्यही नि बल्ल कलेज पढ्न लागेको, पछिको कुरा क्या गर्नु अहिले ।
अब धेरै पिर नगर्नु क्या। कति चिन्ता गर्नु पर्ने हो यिनिलाई।
बरु वृद्ध भत्ता संगालेर राख्नु। मलाई काम लाग्छ बाइक किन्न। हा ! हा!
हजुरआमा:
मेरो सबै तेरै त होनि। किन त्यति मात्रै ।
नाति:
म पनि त हजुरकै त हो नि आमा।
मलाई चाहिदैन बुढि आम्यै । बरु आफुलाई चाहिने कुरा सबै ल्याउन लगाउनुस् बा लाई।
हजुरआमा:
मलाई त, त नै घरमा चाहिएको छ। सहर नगए हुदैन, कान्छा?


Comments
Post a Comment