Posts

Showing posts from January, 2025
Image
 

परिवर्तन

 परिवर्तनका लागि कत्ति धेरै  नारा, जुलुस, विद्रोह, प्रदर्शन भए  इतिहासमा, र हुनेछन् अझै भविष्यमा कुनै न कुनै पद्धतिका विरूद्धमा । तर के तिमीलीई थाहा छ? परिवर्तनको प्रारम्भ त  एउटा व्यक्तिबाट नै हुन्छ । यस्तै सोचमा मैले पनि  आफूलाई बदल्न सुरु गरे । म मा हुने बदलाव कुनै राजनिती, कुनै सामाजिक विचारमा केन्द्रित थिएन । यो त प्रेममा आफूलाई सिद्ध गर्नको निमित्त थियो। आफ्नो अस्तित्व आफूले मात्रै स्विकृत गरे पुग्छ भन्ने कटु सत्य बाट अनविज्ञ म, आफूलाई परिमार्जन गर्न मै लागि परे , आवश्यक हो त तिमीले पनि त कसरत गर्नु पर्ने हो नि हामी एकअर्काको मिलनका हेतु । राष्ट्रियताको लागि परिवर्तन भनेको,  स्वार्थि भएर माया पिरतिमा पो डुबिएछ ! तर प्रेम त राष्ट्र सॅगै गरेको हो नि ! राष्ट्र ले त के बुझ्थ्यो होला यस्ता कुरा ? राष्ट्र चलाउनेले बुझिदिए त धेरै काफि हुने थियो। तर तिमीले पनि बुझ्नु आवश्यक छ ।