Posts

Showing posts from March, 2025

रङ्ग

 ऊ प्रकृतिको सजावट हो, ऊ हरेक वस्तुको बनावट हो, ऊ सबैको शाश्वत सत्य हो, ऊ संगीतिक बाजा हो, ऊ सुख र खुशीको आशा हो, ऊ सबैको अस्तित्वको परिभाषा हो। बोलीमा ऊ माधुर्य मिठास हो, रोगीका लागि ऊ छुमन्तर गर्ने ओखती हो, होलीमा ऊ सबैको सुसुप्त चाहना हो। रित्तो छ भने, पूर्ण नभए पनि आधा बनाई दिन्छ। फिका छ भने, त्यसमा चमक भरिदिन्छ। ओइलिएको छ भने, त्यसलाई ताजा बनाइदिन्छ। अलप भएको छ भने, त्यसलाई फेरि ब्युताइ दिन्छ। कुनै आकार त छैन उसको, तर पनि विभिन्न रूप मिलेर सबै कुरा साकार बनाई दिन्छ। सपना होस् या कल्पना, छरिन पाए भने, इन्द्रेणीभन्दा पनि उच्च श्रेणीमा पुर्याइ दिन्छ। चञ्चल आँखाका डिलमा सीमारेखा झैँ धसिन्छ, त्यही आँखाका परेलीमा अझै लपेटिन्छ। ती नरम रसिला अधरमा लाली बनी पोतिन्छ, अनि त सबैलाई लोभ्याउने— उसको सुन्दरतालाई झन् कामुक बनाइदिन्छ। निधारमा सुन्दरी टिका बनी अडिन्छ, गलालाई नानाभाँती गहना बनी घेराबन्दी गरिदिन्छ। अझ च्याट्ट मिलेको पहिरन भए, मोरीलाई स्वर्गकी अप्सरा झैँ बनाइदिन्छ। बडा चाड दशैंमा ऊ, सबैको शिरमा चिरञ्जीवी आशीर्वाद बन्छ। तिहारमा ऊ, निधारको सप्तशृंगार सजाउन व्यस्त हुन्छ। दीपावलीमा ऊ,...