Posts
Showing posts from September, 2020
- Get link
- X
- Other Apps
तिता झूट म बेरङ्गिन संसारको कल्पनामा अतितका दुख व्यथाहरू सबै भुलाउदै रङ्गिन वास्तविकतामा जिउदै छु ऊ, उहा र माननिय उच्च वर्गियहरू अतितका सुख, आन्नद भुलाउदै दुखको महलमा सुख भोग गर्न नै कति मिहनेत गर्दै हुनुहुन्छ हरियालि पनि रोग जस्तो लाग्छ प्रकृतिको सुन्दरता त झन् कुरूप लाग्छ हावाको हरेक प्रवाहमा स्वच्छता छ पानिका हरेक थोपा विशुद्ध शुद्ध छन् मेरा नजर साहेद भ्रमित झन् सारा संसार नै बनावटी लाग्छ आकाश हेर्दा घरको पहिलो तल्लाको छत झै लाग्छ जमिनमा टेक्दा माटो नै समुद्रको गहिराईमा छ जस्तो लाग्छ मेरो मानसपटल खल्बलिएको छै भान हुन्छ परम्परा, रितिरिवाज रुढिवादि छन् रे हाम्रो समाज जातिय विभेदलाई अपराध मान्न थालेको छ रे म यो राष्ट्रमा आगन्तुक रहेछु त्यसैले त मेरा मूल्य, मान्यता अबुझ छन्, अछुत छन् अनि म एक साक्षार पागल छु कैयौ विध्वान माझ त्यसैले त मेरा नैतिकता अचेल सस्ता छन् महङ्गि त झन् कतै केहीमा नि छैन जनवर्ग थोरै कमाए पनि जिवन गुजारा सित्तैमा गर्दै छन् धनका थुप्रा अदृश्य रूपमा भकारीमा संचित गर्नेहरू लाई ...