तिता झूट







म बेरङ्गिन संसारको कल्पनामा
अतितका दुख  व्यथाहरू सबै भुलाउदै
रङ्गिन वास्तविकतामा जिउदै छु
ऊ, उहा र माननिय उच्च वर्गियहरू
अतितका सुख, आन्नद भुलाउदै
दुखको महलमा सुख भोग गर्न नै
कति मिहनेत गर्दै हुनुहुन्छ


हरियालि पनि रोग जस्तो लाग्छ
प्रकृतिको सुन्दरता त झन् कुरूप लाग्छ
हावाको हरेक प्रवाहमा स्वच्छता छ
पानिका हरेक थोपा विशुद्ध शुद्ध छन्
मेरा नजर साहेद भ्रमित झन्


सारा संसार नै बनावटी लाग्छ
आकाश हेर्दा 
घरको पहिलो तल्लाको 
छत झै लाग्छ
जमिनमा टेक्दा 
माटो नै समुद्रको गहिराईमा 
छ जस्तो लाग्छ
मेरो मानसपटल खल्बलिएको
छै भान हुन्छ




परम्परा, रितिरिवाज रुढिवादि छन् रे
हाम्रो समाज जातिय विभेदलाई 
अपराध मान्न थालेको छ रे
म यो राष्ट्रमा आगन्तुक रहेछु
त्यसैले त मेरा मूल्य, मान्यता 
अबुझ छन्, अछुत छन्
अनि म एक साक्षार पागल
छु कैयौ विध्वान माझ
त्यसैले त मेरा नैतिकता
अचेल सस्ता छन्

महङ्गि त झन् कतै केहीमा नि छैन
जनवर्ग थोरै कमाए पनि 
जिवन गुजारा सित्तैमा गर्दै छन् 








धनका थुप्रा अदृश्य रूपमा
भकारीमा संचित गर्नेहरू लाई                                 
बिहानबेलुका को एक छाक
टार्न पनि धौ धौ छ
यस्तो हुदा पक्कै पनि
गरिबी निवारण भैसक्यो होला
अनि त सरकार 
राष्ट्रलाई समपन्न बनाएर
अनगिन्ति तारे भोजनालयमा
वनभोज गर्दैछ


                        
अपराध त कहि कतै
चुहिन समेत पाएको छैन   
भ्रष्टचार चार बाट माथि       
उक्लिन पाएको छैन
जनवर्ग राज गर्न व्यस्त छन्
राष्ट्र प्रति का जिम्मेवार वर्ग
सुशासन र शान्ति कायम गर्न लिप्त छन्


अनि त बहुसङ्ख्यकले बनेको म
सम्पन्न छु शिक्षामा, स्वास्थयमा
पूर्ण छु विकासका हरेक संरचनामा
अनि एक्लै, आफ्नो दुखले 
उच्चमा चयन हुनु भएका
कैयौ उहा वर्ग 
निष्ठावान हुनुहुन्छ मेरो सम्पन्नतामा

त्यसैले
जय होस उहा वर्गको 
जबसम्म बहुसङ्ख्यक म , 
उहाको कटपुतलि बनि रहन पाऊ।।
अनि भनि रहन पाऊ
•••••••••••••••••••••
त्यो आधार पनि के आधार
जसमा  छैन मायाको साभार
त्यो भक्ति पनि के भक्ति
जसमा छैन  राष्ट्रप्रेमको शक्ति।।🇳🇵🇳🇵



Comments

Popular posts from this blog

May I Borrow Today for Tomorrow?

वार्तालाप ( अतितको कल्पनाबाट साभार)