अध्याॅरो
अध्याॅरोको पर्याय नै रात हो नि है? आकाशमा टहटह जुन लाग्दा ताराहरू चिमचिम गर्दै चम्किदा जुनकिरी पिलिक्क पिलिक्क गर्दै बल्दा के अझै रात अध्यारो नै छ त? अझै सिमसिम पानि परेको होस् दायाबाया हेर्दा उड्दै गरेको कुहिरो होस् जताततै सुनसान र शान्त होस् अलिकति झ्याउकिरीको माधुर्य सङ्गित होस् दिनमा भन्दा रातमा केही डर त भइ हाल्छ डोरीलाई सर्प भनि झुक्किने भइ हाल्छ आफ्नै छायालाई पनि भूत ठानि तर्सिहाल्छ रात त हो बेहोसिको रोग लागि हाल्छ रातमा निद्रा लाग्छ कि निद्रा पछि रात पर्छ आफै लुक्न हो कि कसैलाई लुकाउन रात पर्छ उज्यालो त रात अघि र रात पछि दुवैमा हुन्छ किन हो अझै पनि रातमा नै अध्यारो हुन्छ ? bir_.del 🩺