अध्याॅरो


अध्याॅरोको पर्याय नै रात हो नि है?
आकाशमा टहटह जुन लाग्दा
ताराहरू चिमचिम गर्दै चम्किदा
जुनकिरी पिलिक्क पिलिक्क गर्दै बल्दा
के अझै रात अध्यारो नै छ त?

अझै सिमसिम पानि परेको होस्
दायाबाया हेर्दा उड्दै गरेको कुहिरो होस्
जताततै सुनसान र शान्त होस्
अलिकति झ्याउकिरीको माधुर्य सङ्गित होस्

दिनमा भन्दा रातमा केही डर त भइ हाल्छ
डोरीलाई सर्प भनि झुक्किने भइ हाल्छ
आफ्नै छायालाई पनि भूत ठानि तर्सिहाल्छ
रात त हो बेहोसिको रोग लागि हाल्छ

रातमा निद्रा लाग्छ कि निद्रा पछि रात पर्छ
आफै लुक्न हो कि कसैलाई लुकाउन रात पर्छ
उज्यालो त रात अघि र रात पछि दुवैमा हुन्छ
किन हो अझै पनि रातमा नै  अध्यारो हुन्छ ?



                                                      bir_.del🩺

Comments

Popular posts from this blog

May I Borrow Today for Tomorrow?

वार्तालाप ( अतितको कल्पनाबाट साभार)