कुरा गरौ न❤



कुरा गरौ न केही मिठा, केही तिता
तर छिटो गरौ, समयको कमि छ यहा
हासौ न आनन्दले केही क्षण, केही बेर
तर बिस्तारै हासौ, दुखले नजाओस खेर

कुरा गरौ न केही दुखका, केही सुखका
तर सोचेर मात्र गरौ, नौटङ्कि नहोस हाम्रो कथा
माया गरौ न हामी सङ्गै रहुन्जेल धित मारेर
तर सपनामा मात्र गरौ, विपनामा त जान्छौ नि छाडेर

कुरा गरौ न केही अतितका, केही हितका
तर थोरै गरौ, धेरै त सबै बेहाल छ नियतमा
कल्पनाको संसार घुमौ न केही वर, केही पर
तर छिटो फर्कौ है, जिवन जिउन ढिला हुन्छ नत्र।।


बिराट कडेल🩺

Comments