हराएको पात्र
हराएको पात्र
म हराएको पात्रको खोजि गर्दै छु
उ हराएको सूचना
मैले पत्र पत्रिका मा छपाई सके
टी.भी., रेडियो बाट प्रसारण गराई सके
भएभरको सामाजिक संजाल सबैमा विज्ञप्ति दिई सके
हरेक गल्लि अनि सडकका भित्तामा
उसको तस्बिरको पोस्टर टासी सके
हराएको पात्र पनि गजब को छ
उ सबैको नजरबाट छिनमै
अदृस्य भै दिन्छ
केवल सूर्यका किरणले
उसलाई देख्न सक्छ
कसैले उसको बारेमा चर्चा गरे
ती शब्द हावाले मात्रै सुन्न सक्छ
कसैले उसको स्पर्श चाहे
केवल बर्सात संगै खसेका पानीका थोपाले
उसको स्पर्श लिन सक्छ
कुन समय थियो त्यो
रात हो कि दिन
उषाकाल हो कि सन्ध्या बेला
मध्यान्ह हो कि मध्यरात
औंशी को रात थियो कि पूर्णिमा
तर त्यो समय, खबर आएको थियो
हराएको पात्र को खबर
कता बाट आयो, को बाट आयो
अत्तोपत्तो छैन
खबर मात्र हावा ले सुन्येथ्यो
हावाले हराएको पात्रको खबर
वृक्षका अवयवका फर्फराई संगै
बादलका प्रत्येक चाल संगै
सर्वव्यापी रुपमा प्रवाह गरिरहन्थ्यो
तर साहेद हराएको पात्र अन्तरिक्षतिर गयो होला
त्येसैले त हावा धर्तीमै सिमित छ
अनि त्यो खबरको ज्ञात पश्चात
हराएको पात्रको खोजि गर्न
सूर्य आफ्ना किरण
धर्तीका कुनाकुनामा छर्थ्यो
तर साहेद अन्धकार लुकेको
ठाउमा पो थियो होला
हराएको पात्र
त्येसैले त सूर्यले पनि हार मान्यो
र बादलका ढाड पछि लुक्यो
अघि सम्म म मात्रै खोज्दै थिए
हराएको पात्र लाई
अहिले हावा र सूर्य को
सहायता पनि पाएको छु
तर अझै हराएको पात्र हराएकै छ
हावाको बहाव को गति संगै
अब बादल हल्लिन थाले
एकअर्का संग ठोक्किन थाले
परिणाम स्वरूप बर्षात भयो
अनि त पानीका थोपाले
स्पर्श खोज्दै थिए
हराएका पात्रको
तर साहेद ,हराएको पात्र मरभूमिमा
बिलिन भैसकेको थियो होला
त्येसैले त हर् पानीका थोपा
बालुवाका कणसंगै बन्धनमा छन्
हराएको पात्र
अझै हराउने क्रममा नै छ
अनि उसलाई
खोज्ने पात्रहरू खोज्ने क्रममा
व्यस्त छन्
लक्ष्य त एक मात्र हो
हराएको पात्रलाई भेटाउनु
अनि सम्भावना पनि छ
तर त्यो सम्भावना
हराएको पात्र भेटिने सम्भावना होइन
बोरु खोज्ने पात्रका संख्या थपिने
सम्भावना
साहेद हराएको पात्र भेटिने
सम्भावना पनि
उ संगै हराएको छ
तर म अझै हराएको पात्र खोज्दै छु
हराएको पात्र,
तिमि
म भित्र नै छौ कि
म भन्दा पनि कोसौं टाढा
म भित्र नै घुलेको छौ कि
यो क्षितिज भन्दा पनि निकै दुर ?
म हराएको पात्रको खोजि गर्दै छु
उ हराएको सूचना
मैले पत्र पत्रिका मा छपाई सके
टी.भी., रेडियो बाट प्रसारण गराई सके
भएभरको सामाजिक संजाल सबैमा विज्ञप्ति दिई सके
हरेक गल्लि अनि सडकका भित्तामा
उसको तस्बिरको पोस्टर टासी सके
हराएको पात्र पनि गजब को छ
उ सबैको नजरबाट छिनमै
अदृस्य भै दिन्छ
केवल सूर्यका किरणले
उसलाई देख्न सक्छ
कसैले उसको बारेमा चर्चा गरे
ती शब्द हावाले मात्रै सुन्न सक्छ
कसैले उसको स्पर्श चाहे
केवल बर्सात संगै खसेका पानीका थोपाले
उसको स्पर्श लिन सक्छ
कुन समय थियो त्यो
रात हो कि दिन
उषाकाल हो कि सन्ध्या बेला
मध्यान्ह हो कि मध्यरात
औंशी को रात थियो कि पूर्णिमा
तर त्यो समय, खबर आएको थियो
हराएको पात्र को खबर
कता बाट आयो, को बाट आयो
अत्तोपत्तो छैन
खबर मात्र हावा ले सुन्येथ्यो
हावाले हराएको पात्रको खबर
वृक्षका अवयवका फर्फराई संगै
बादलका प्रत्येक चाल संगै
सर्वव्यापी रुपमा प्रवाह गरिरहन्थ्यो
तर साहेद हराएको पात्र अन्तरिक्षतिर गयो होला
त्येसैले त हावा धर्तीमै सिमित छ
अनि त्यो खबरको ज्ञात पश्चात
हराएको पात्रको खोजि गर्न
सूर्य आफ्ना किरण
धर्तीका कुनाकुनामा छर्थ्यो
तर साहेद अन्धकार लुकेको
ठाउमा पो थियो होला
हराएको पात्र
त्येसैले त सूर्यले पनि हार मान्यो
र बादलका ढाड पछि लुक्यो
अघि सम्म म मात्रै खोज्दै थिए
हराएको पात्र लाई
अहिले हावा र सूर्य को
सहायता पनि पाएको छु
तर अझै हराएको पात्र हराएकै छ
हावाको बहाव को गति संगै
अब बादल हल्लिन थाले
एकअर्का संग ठोक्किन थाले
परिणाम स्वरूप बर्षात भयो
अनि त पानीका थोपाले
स्पर्श खोज्दै थिए
हराएका पात्रको
तर साहेद ,हराएको पात्र मरभूमिमा
बिलिन भैसकेको थियो होला
त्येसैले त हर् पानीका थोपा
बालुवाका कणसंगै बन्धनमा छन्
हराएको पात्र
अझै हराउने क्रममा नै छ
अनि उसलाई
खोज्ने पात्रहरू खोज्ने क्रममा
व्यस्त छन्
लक्ष्य त एक मात्र हो
हराएको पात्रलाई भेटाउनु
अनि सम्भावना पनि छ
तर त्यो सम्भावना
हराएको पात्र भेटिने सम्भावना होइन
बोरु खोज्ने पात्रका संख्या थपिने
सम्भावना
साहेद हराएको पात्र भेटिने
सम्भावना पनि
उ संगै हराएको छ
तर म अझै हराएको पात्र खोज्दै छु
हराएको पात्र,
तिमि
म भित्र नै छौ कि
म भन्दा पनि कोसौं टाढा
म भित्र नै घुलेको छौ कि
यो क्षितिज भन्दा पनि निकै दुर ?
Comments
Post a Comment