जन्मदिन र स्वतन्त्र चरा



हो तिम्रो जन्म दिन प्रतिक सुरुवात जीवनको
नया जीवन तिम्रो मेरो स्वतन्त्र चराको

स्वतन्त्र चरा उड्छ आकाशमा बोकी सन्देश शान्तिको
यो मनबाट त्यो मनमा जगाउछ भावना प्रेमको

खुशी छ चरा मनाउदै तिम्रो जन्मदिन एकान्तमा
एकान्त छ ऊ आफ्नो सुसुप्त प्रेमको भावनामा

बिना अवरोधको मार्गमा हावाको सवारी गर्दै
गाउछ ऊ विशाल उज्यालोको सङ्गीत रमाइलो मान्दै

सङ्गीतमा गुनगुनाउछ ऊ तिम्रो जन्मको भाका
वर्णन गर्छ हरेक शब्दमा एक प्रेम कथा ........
💓💓💓💓💓💓💓💓

Comments

Popular posts from this blog

May I Borrow Today for Tomorrow?

वार्तालाप ( अतितको कल्पनाबाट साभार)