भूकम्प



भूकम्पको अपरझट आगमन नेपाली जमिनमा
ल्यायो महाविनाशकारी परिणाम हरेक छेत्रमा

भताभुङ्ग नेपाल अनि छेतबिछेत नेपालीका  मन
ध्वस्त भौतिक संरचना अनि गुमेका कैयौं जनधन

वाग्मतीका आठ जिल्ला अनि गोरखा,रामेछाप,दोलखा
बिशेष छेतिग्रस्त बने नेपालका यी एघार जिल्ला

अछुतो छैनन् अरु ठाउँ पनि विपत्तिका  चपेटाबाट
अनेकन प्राकृतिक प्रकोप बन्दैछन नेपालीका  काल

मन्दिरका सहर काठमाडौँका भक्तजन  लासहरु बने
दैव पनि  किन ती  अबोध प्राणहरुप्रति निठुरी बने

भगवानका   स्वरूप  मानी पुज्छौ  अनेक चट्टानलाई
चट्टानको अमेल नै विनाशको कारण बन्यो यो वर्षलाई 

आकाशमा उठेको धरहरा पहिलो झट्कामै गिर्यो
सयौं  वर्ष टिकेका मठमन्दिर माटोमा मिल्यो

कति प्राण परलोक  गए कति अझै  अधकल्चो
कति घर धुलोमाटो भए कति भत्किने गरि चर्क्यो

अनवरत रुपमा आइरहेका कम्पन र पराकम्पन
निम्त्याई रहेका  छन् विनाश  अझै झन्झन्

महिनौ दिन बित्दा पनि साम्य छैन यो क्रम
हामी नेपालीका दुख,पीणा कहिले  होलान् कम 

Comments