तिम्रो वर्णन

मन मुग्ध पार्ने
तिम्रो सुन्दर रूप,
सम्झिरहन्छु म हरबखत


विचार शुद्ध पार्ने
तिम्रो मिठो बोलि,
घन्काइरहन्छु म हरबखत


मस्तिष्कमा बहिरहने
तिम्रो सपना,
कल्पिरहन्छु म हरबखत


ओझेल परेको जीवनमा
झलमल्ल पार्न
तिम्रो चमक,
पाइरहन्छु म हरबखत ॥

Comments